आरविवि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव « Arthapath.com
२४ असार २०८२, मंगलबार

आरविवि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव मनाएको छ ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्दसिंह साउदको आथित्यतामा बुधबार सम्पन्न भएको छ ।
समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्गलाई ५औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँनै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागिकार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी दिए ।
गिरीले मर्चेन्ट बैंकरहरुलाई इङ्गितगर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए ।
समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाइन प्रणली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटावेस तयार भैरहेको बताए ।
कार्यक्रममा मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसादप्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग संग सम्झौता भए बमोजिम उत्त निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए ।


प्रतिक्रिया दिनुहोस्