सञ्चय कोष र नागरिक लगानी कोषको ४० अर्ब ऋण, वार्षिक २ अर्ब घाटा « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

सञ्चय कोष र नागरिक लगानी कोषको ४० अर्ब ऋण, वार्षिक २ अर्ब घाटा



काठमाडौं । सञ्चय कोष र नागरिक लगानी कोषलाई मात्रै जहाज खरिदमा लिएको ३४ अर्ब रुपैयाँ ऋण तिर्नुपर्नेछ । चिनियाँ जहाज खरिदको ३ अर्ब रुपैयाँ ऋण पनि अझै बाँकी नै छ । यता एयरबस ३३० जहाजको ऋणको किस्ता तिर्न नसकेपछि १ अर्ब ५० करोड ब्याज पनि साँवामा परिणत गरिसकिएको छ । विगतमा दुई थान एयरबस ३२० जहाज खरिद गर्दा सञ्चयकोषसँग १० अर्ब ऋण लिइएको थियो ।

दुई वर्ष अगाडि दुई थान एयरबस ३३० जहाज खरिद गर्न नागरिक लगानी कोष र सञ्चय कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण निगमले लिएको थियो । विगतमा वार्षिक १७ करोड रुपैयाँमा नाफा कमाएको निगम गतवर्ष भने २ अर्ब रुपैयाँ घाटामा गएको छ । निगमले हाल ४ वटा जहाजमार्फत ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दैआएको छ । यता आन्तरिकतर्फ पनि ८ थान जहाज भए पनि मुश्किलले दैनिक ३ वटा मात्रै उडान हुने गरेको छ । चिनियाँ जहाज अधिकांश ग्राउन्डेड नै छन् । जसका कारण पनि निगमको घाटा चुलिँदो छ ।
रणनीतिक साझेदारको चर्चा
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि निगममा रणनीतिक साझेदार ल्याउने प्रक्रिया अगाडि बढाएका थिए । अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाउन सहमति दिए पनि पछि प्रक्रिया रोकिएको थियो । मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लिएर उक्त कम्पनी आफैँले व्यवस्थापन साझेदार वा रणनीतिक साझेदार ल्याउने प्रक्रिया अगाडि बढाउन खोजेका थिए ।

कम्पनी मोडलमा जाँदा सरकारको स्वामित्वको अवस्था कस्तो रहने भन्ने कुरा कानुनी संरचना र अध्ययन–अनुसन्धानबाट सरकारले निर्णय गर्ने उल्लेख गरिएको थियो । विगतकै छलफललाई टेकेर यसपटक निर्णय गरिएको हो

जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा नेपाल एयरलाइन्सको व्यवस्थापन सुधार र क्षमता अभिवृद्धिका लागि रणनीतिक साझेदार ल्याउने भन्दै विश्वव्यापी टेन्डरबाट रणनीतिक साझेदार आह्वान गरिएको थियो । त्यसमा जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टको मात्र प्रस्ताव परेको थियो । सो प्रस्तावमाथि पर्यटन मन्त्रालयले अध्ययन गरी रायका लागि अर्थ मन्त्रालय पठाएको थियो । उक्त प्रक्रियाले पनि सार्थकता भने पाउन सकेको थिएन । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्