प्राइम लाइफको १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

प्राइम लाइफको १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा



काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष सञ्चित मुनाफाबाट १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को जगेडा कोषबाट २५ करोड ९ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो । कम्पनीको हालको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ । बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ हुनेछ । बोनस शेयरको कर प्रयोजनका लागि एक करोड ३२ लाख रुपैयाँ नगद लाभांशको घोषणा गरेको छ । उक्त लाभांश १२ औ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्