कोरोनाको संत्रासले सेयर बजारलाई रातो कार्पेट

काठमाडौं । चिनबाट फैलिएको कोरोना भाइरसको काराण विश्व अर्थतन्त्रमै प्रभाव देखिन थालेको छ । नेपालमा पनि अर्थतन्त्रमा मन्दी सुरुभएसंगै सेयर बजारमा साताको कारोवार सुरुभएको दिनदै राताम्य भयो । अर्थतन्त्रको अर्को मेरुदण्ड सेयर बजारमा पनि कोरोनाको संत्रास देखिन थालेको छ ।
कोरोनाको संत्रासले बजार सुस्ताएको छ । मंगलबार कारोवार सुरु भएको ३ घण्टा पनि वित्न नपाउँदै सर्किट ब्रेक लागेर बन्द भयो । मंगलबार सेयर बजारमा राताम्य मात्र बनेन ३ पटकसम्म सर्किट लागेर १ बजेर १३ मिनेटमा कारोवार बन्द भयो ।
मंगलबार सेयर बजारमा ८६ अंकले घटेको छ । प्राय सबै सुचकहरु राताम्य बनेको सेयर बजारमा किन्ने भन्दा बेच्नेको बाहुल्य देखिएको थियो । मंगलबार ७ करोडको कारोवार भयो भने केही हाइड्रोपावर र दघुवित्तका लगानीकर्ताले केही कमाएका छन ।