साताको अन्तिम दिन सेयर बजार ३.२३ प्रतिशतले घट्यो, ३ कम्पनीहरुमा सर्किट लाग्यो « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

साताको अन्तिम दिन सेयर बजार ३.२३ प्रतिशतले घट्यो, ३ कम्पनीहरुमा सर्किट लाग्यो



काठमाडौं । साताको अन्तिम बुधबारका दिन सेयर बजार ३.२३ प्रतिशत अर्थात ४५.९१ अंक घटेर एक हजार ३७७.१८ विन्दुमा पुगेको छ । बुधबारका दिन ३ कम्पनीहरु स्वाभिमान लघुवित्त, राधी विद्युत कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

स्वाभिमानको शेयर मूल्य ११० रुपैयाँ घटेर ९९० रुपैयाँ, राधीको १८ रुपैयाँ घटेर १७१ र हिमाल दोलखाको ९ रुपैयाँ घटेर ८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बिहीबार १८२ कम्पनीको २३ हजार २०५ पटकको कारोबारमा २ अर्ब २० करोड ६६ लाख रुपैयाँ बराबरको ५६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन कारोबारमा आएका १८२ कम्पनीमध्ये ९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

बुधबार सबै उपसूचकहरु ५ प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, लघुवित्त, जलविद्युत र बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, एनआईसी एशिया बैंकको ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्