कोरोना संत्रासले अपि पावरको साधारणसभा पनि रोकियो « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

कोरोना संत्रासले अपि पावरको साधारणसभा पनि रोकियो



काठमाडौं । अपि पावर कम्पनीले आज शुक्रबारलाई तय गरेको कम्पनीको १६औं वार्षिक साधारण सभा स्थगित गरेको जनाएको छ । कोरोना भाइरसको संत्रासका कारण सरकारले २५ जनाभन्दा बढी भिड नगर्न आग्रह गरेपछि अपि पावरको साधारणसभा नै स्थगित भएको हो ।

कम्पनीले वार्षिक साधारण सभाका लागि तय भएका अन्य कार्य यथावत राख्ने कम्पनीले जनाएको छ । अपिले यसवर्ष ५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ ।

यस कम्पनीले ४७ प्रतिशत हकप्रद विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाईसकेको छ । चुक्तापूँजीको आधारमा ९१ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत थियो ।


प्रतिक्रिया दिनुहोस्