पुर्नबिमाको सेयर ४० कित्ता माग्नेलाई सबै पर्यो « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

पुर्नबिमाको सेयर ४० कित्ता माग्नेलाई सबै पर्यो



काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको आइपीओ आज बाँडफाड भएको छ । चैत्र ४ गतेदेखी ७ गतेसम्म खुलाइएको आइपिइओ बुधबार विहान बाँडाफाड भएको बिक्रि प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका सिईओ बद्री प्याकुरेलले बताए ।

कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । कम्तीमा १० देखी ४० कित्तासम्म सेयर भर्नेले सबै मागेजति सेयर पाएका छन । ३ लाख ९१ हजार ६ सय २६ जना आवेदकमध्ये ३ लाख ९० हजार ६ सय ३८ जना आवेदकले सेयर पाएका आरबिबि मर्चेन्ट बैंकिङले बताएको छ ।

९ सय ८८ जनाको आवेदन भने रद्ध भएको छ । २७ हजार ७ सय ४८ जनाले १० कित्ता सेयर पाएका छन् । १५ हजार ५ सय ९० जनाले २० कित्ता सेयर पाएका गरेका छन् । एक लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता सेयर प्राप्त गरेका छन् । २० हजार ९ सय २९ जनाले ४० कित्ता सेयर पाएका छन् । ५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ सबैले न्युनतम ४० कित्ता सेयर पाएका छन् ।

७७ हजार २ सय ४५ जनाले भने गोलाप्रथाद्धारा थप १० कित्ता सेयर प्राप्त गरेका छन् । कुल निष्काशनमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्याईएको थियो भने ८ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको थियो । बाँकी एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता भने सर्वसाधारणले आवेदन गरेका थिए । हाल ८ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले आइपीओ जारी गरे प्रश्चात चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्