किन अनिश्चितकाल बन्द भयो सेयर बजार ? « Arthapath.com
७ असार २०७७, आईतवार

किन अनिश्चितकाल बन्द भयो सेयर बजार ?



काठमाडौं । सरकारले लकडाउन आंसिकरुपमा खोले पनि देशको वित्तिय बजारको मुख्य अंस सेयर बजार भने खुल्न सकेको छैन ।

अहिले सबै खाले बजार खुलेका छन भने सवारी साधन पनि जोर विजोर प्रणालिको अधारमा खुलिरहेको छ । गर पुँजी बजार भने अझ खुल्न सकेको छैन ।

सेयर बजार भने अनिश्चितकालका लागि बन्द भएको छ । देशका लगानीकर्ताहरु आन्दोलित बनेपनि बजार अझै कहिले खुल्ने निश्चित भएको छैन । शनिबार नेपाल स्टक एक्चेन्ज नेप्सेले सूचना जारी गर्दै सेयर कारोवार बन्द भएको जनाएको छ ।

सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डबाट बजार खोल्ने सूचना जारी नगरेसम्म सेयर बजार बन्द हुने जनाइएको हो । मुलुक लकडाउनमा गएको ३ महिनाभन्दा बढी भैसक्दा बजार पनि खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्