मौद्रिक नितीको प्रभाव : सवा घण्टामै तेस्रो सर्किट लागेर बन्द भयो सेयर बजार

काठमाडौं । आइतबार सेयर बजार खुलेको सवा घण्टामै सेयर बजारमा तेस्रो सर्किट लागेर बन्द भएको छ । कारोवार हुने साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको सवा घण्टामै ६ प्रतिशतले बढेर तेस्रो सर्किट लागेको हो ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक निती ल्याएपछि बैंकिङ क्षेत्र व्यावसायी देखी सेयर बजारका लगानीकर्तासमेत खुशि भएका छन । सरकारले सबै क्षेत्रलाई समेटेर मौद्रिक निती ल्याएकाले अव बजार बढ्ने ट्रेनमा देखिन्छ ।
मौद्रिक नितीपछि आज पहिलो दिन कारोवार हुँदा बजार केही बढेको छ । आइतबार एकैपटिक तेस्रो सर्किट लागेर बजारु बन्द भएको छ । यसमा मौद्रिक नितीले धेरै काम गरेको सेयर विष्लेसकहरु बताउँछन ।
आइतबार सबै कम्पनकिो सेयर कारोवार हुन पाएन । अहिले मौद्रिक नितीले सेयर लोनमा केही खुकुलो गरेकाले बजार बढेको बताउँछन ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट ।
सरकारले सेयर कर्जामा ६५ प्रतिसतबाट बढाएर ७० प्रतिसत पुर्याइदिएको छ । धितोपत्र बोर्डले आज ल्याउने निती तथा कार्यक्रमले पनि बजारमा सर्किट लागेको हो । बैंकहरु मर्जरको हल्लाले पनि बजार बढेको रानाभाट बताउँछन ।
आइतबार १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता सेयर कारोवार भएको छ । जम्मा ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको छ ।