साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आज साधना लघुवित्तको २१ लाख ७७ हजार ८०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यसै अनुरुप लघुवित्तको शेयर भोलि बिहिबार देखि कारोबार हुने भएको छ ।
लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गरेको थियो।
त्यसमध्ये कम्पनीले ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो।