सहारा विकास बैंकले दुई वर्षअघि नबिकेको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने
काठमाडौं । सहारा विकास बैंक लिमिटेडले दुई वर्ष पहिला हकप्रद बेच्दा संस्थापक तर्फका बिक्री नभएको सेयर यसपटक लिलामीमा बिक्री गर्ने भएको छ ।
बैंकले आवेदन नपरेको सेयर लिलामीका लागि साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ।
बैैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापकतर्फको ९ लाख २१ हजार १ सय ४८।७० कित्ताको लागि आवेदन पर्न सकेको थिएन ।
यसअघि नै लिलामीमा सेयर बिक्री गर्न लागे पनी नोभल कोरोना भाइरस कोभिड १९ लकडाउन भएसँगै सेयर बिक्री भएको थिएन ।
बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।