कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले अनलाइन कारोबारमा जोड दिन नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सले ब्रोकरहरूलाई डिजिटल माध्यमबाट सेवा दिने बताएको छ ।
कोरोना महामारीलाई मध्य नजर गदै नेप्सेले डिजिटल माध्यमबाट सेवा दिने बताएको छ ।
साथै नेप्सेले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर भौतिक उपस्थिति कम गरी अनलाइन शेयर कारोबार गर्न गराउन समेत निर्देशन दिएको छ ।
त्यसैगरी सदस्य दलाहरुले कार्यालय संचालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरेको छ ।
