५ वर्ष पुरानो नगद लाभांश लिन नबिल बैंकको अनुरोध

काठमाडौं । पाँच वर्ष पुरानो नगद लाभांश लिन नबिल बैंकले अनुरोध गरेको छ ।
विभिन्न साधारण सभाबाट पारीत नगद लाभांश हालसम्ममा पनि लिन नआएका शेयधरनीलाई लिन अनुरोध गरेको हो ।
सूचना प्रकाशित गरेको मितिले एक महीना भित्रमा नगद लाभांश लिन नआएमा उक्त रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले जनाएको छ ।