सेयर बजारमा पनि कोरोनाको त्रास, १६ः५३ अंकले घट्यो बजार « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

सेयर बजारमा पनि कोरोनाको त्रास, १६ः५३ अंकले घट्यो बजार



काठमाडौं । सेयर बजारमा पनि कोरोनाको अषर देखिएको छ । बिहिबार साताको अन्तिम दिन सेयर बजार प्रायः राताम्ये बने । देश अर्ध लकठाउनमा रहेको अवस्थामा सेयर बजारमा भने केही रातो देखिएको छ ।

बिहिबार सेयर बजारमा कोरोनाको अषर देखिएको सेयर लगानीकर्ता एवम् विज्ञ ईश्वरी रिमाल बताउँछन । साताको अन्तिम दिन सेयर बजार १६ः५३ अंकले घटेको छ । काठमाडौं लगायत देशका मुख्य शहरहरुमा कोरोनाको जोखिम बढेसंगै बजार घटेको हो ।

सरकारले पुनः लकडाउन गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बजारमा त्यसको अषर देखिएको हुनसक्ने सेयर बजारका विज्ञ रिमाल बताउँछन । अहिले बैंकहरुले धमाधम वित्तिय विवरण प्रकाशन गर्न सुरु गरेको र सबै बेंकहरुको नाफा घटेकाले पनि बजार केही मात्रामा घटेको एनआइविएल एस क्यापिटलका डेपुटी सिईओ मेखबहादुर थापा बताउँछन । लगानीकर्तालाई कोरोनाको डर छ । कोरोनाकै कारण बैंकहरुको वित्तिय अवस्था खस्किएकाले बेच्ने लगानीकर्ता बढी भएको थापा बताउँछन ।

सेयर बजार १४ सय ३१ दशमलव ८९ विन्दुबाट घटेर १४ सय ७ विन्दुमा आएको छ । बजारमा बैंकहरुले गत आवको विवरण प्रकाशन गर्न थालिसकेका छन । बैक, बीमा र लघुवित्तको नाफाका गिरावट आएकाले ति समुहको सेयर सुचक १ प्रतिशत भन्दा बढीले घटेको छ । उता सेयर बजार घटेपनि कारोवार भने बढेको छ ।

बिहिबार करिव १ अर्ब ७ करोड ४३ लाखको कारोबार भएको छ । बिहिबार नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३३ लाख २४ हजारको सेयर कारोबार भएको छ । नेपाल लाईफले छिट्टै बोनस घोषणा गर्ने अनुमानका साथ बजारमा कारोवार बढेको लगानीकर्ता रिमाल बताउँछन ।


प्रतिक्रिया दिनुहोस्