नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्ने « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्ने



काठमाडौं । नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने निष्कासन गर्ने भएको छ ।


प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निश्काशन गर्न लागेको कोषले जनाएको छ ।


उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।


कोषको हकप्रद बिक्री भएपछिे चुक्ता पूँजी करिब २ अर्ब ९८ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ पुग्ने कोषले बताएको छ ।


हकप्रदक निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल विच सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस्