निषेधाज्ञाको वावजुत ६ अंकले उकालो लाग्यो नेप्से, ३९ करोडको कारोवार « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

निषेधाज्ञाको वावजुत ६ अंकले उकालो लाग्यो नेप्से, ३९ करोडको कारोवार



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन सेयर बजार ६ अंकले बढेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले उपत्यकाको तिन जिल्लामा निषेधाज्ञा जारी गरेको छ । विहिबार सेयर कजारमा निषेधाज्ञाको ठुलो अषर देखिएको छैन ।

विहिबार बैंकका साखाहरु नखुल्दा कतिपय चेक क्लेरिङ भने हुन सकेन । घरमै बसेर सेयर लगानीगर्ने हरु बढेका छन । अनलाइनबाटै सेयर कारोवार गर्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेपछि आज सेयर बजारमा ३९ करोडको कारोवार भएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । कारोवारमा भने गिरावट आएको छ । हिजो अस्ती झण्डै करोडको कारोवार हुने सेयर बजारमा ५० प्रतिसतभन्दा पनि कमको कारोवार भएको छ ।

विहिबार निषेधाज्ञाको विच पनि सेयर बजार भने बढेको छ । नेप्से ६ अंकले बढेको हो । सबै घरमै बसेका छन अरु काम छैन भएको पैसा सेयरमा लगाउँ भन्ने मानसिकताले काम गरेको हुनुपर्छ अध्यक्ष रानाभाटले भने ।

साताको अन्तिम दिन कारोबार कम भएपनि विहिबार नेप्से ६।२८ अंकले बढेर एक हजार ३९७ विन्दुमा पुगेको छ । अनलाइन भने पनि पुर्ण अनलाइनमा जान नसक्दा सेटलमेन्टमा केही समस्या आएको अध्यक्ष रानाभाटले बताए ।


प्रतिक्रिया दिनुहोस्