रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ सोमबारदेखी बन्द, ६ लाख भन्दा बढीले आवेदन दिए « Arthapath.com
८ भाद्र २०७७, सोमबार

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ सोमबारदेखी बन्द, ६ लाख भन्दा बढीले आवेदन दिए



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आईपीओ सोमबारदेखी बन्द भएको छ । सोमबारसम्म रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा ६ लाख लाख ६ हजार ३३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणमा बिक्रीमा ल्याइएको ५६ लाख ७० हजार कित्ताको ४.२५ गुणाले धेरै हो ।

इन्स्योरेन्सले कुल ६३ लाख कित्ता शेयर निष्काशन गरेकोमा ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्