निषेधाज्ञामा पनि सेयर बजारमा रौनक, साढे २ अर्ब रुपैयाँ बढिको कारोबार « Arthapath.com
१० भाद्र २०७७, बुधबार

निषेधाज्ञामा पनि सेयर बजारमा रौनक, साढे २ अर्ब रुपैयाँ बढिको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक ६४.४६ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन एक हजार ३९७.५७ विन्दुमा बन्द भएको बजार बुधबार एक हजार ४६२.०३ विन्दुमा पुगेको छ ।

बुधबार शेयर बजारमा साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ भने नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेको छ । नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात २१.१० अंकले बढेर १ हजार ४६२.०३ विन्दुमा पुगेको छ भने १८६ वटा कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरको ५८ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ ।

बुधबार एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्य ७.४७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशत, प्रभु बैंकको ४.८० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ४.७० प्रतिशत र सानिमा बैंकको ४.४० प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै समृद्धि फाइनान्सको शेयरमूल्य ९.७९ प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैंकको ७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्