साताको अन्तिम दिन ४ अङ्कले घट्यो शेयर बजार « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

साताको अन्तिम दिन ४ अङ्कले घट्यो शेयर बजार



काठमाडौं । यो साता लगातार बढिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक ४ अङ्कले घटेर एक हजार ४५८.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६४ ले घटेर २९७.१० मा पुगेको छ ।

विहीबार कूल १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर बित्री भएको छ । बिहीबार १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेका छन् भने ९ उपसमूहको शेयरमा भने घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड १२ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेको इन्स्योरेन्सको १२ करोड ४६ लाख ८९ हजा्र रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, दिव्यश्वरी हाइड्रोपावर र शिवम् सिमेन्ट्सको शेयरमूल्य यस दिन ५ प्रतिशतले बढेको छ । बिहीबार कारोबारमा आएको सामुदायिक लघुवित्त र गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।


प्रतिक्रिया दिनुहोस्