समाज लघुवित्त र लिवर्टीको आईपीओ सोमवार एकैदिन बाँडफाँट हुने « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

समाज लघुवित्त र लिवर्टीको आईपीओ सोमवार एकैदिन बाँडफाँट हुने



काठमाडौं । समाज लघुवित्त र लिवर्टी इनर्जी कम्पनीको आईपिओ सोमबार एकैदिन बाँडफाँड हुने भएको छ । दुबै कम्पनीको एकैदिन सेयर बाँडफाँड हुन लागेको ति कम्पनीले जनाएका छन ।

लिवर्टी इनर्जी कम्पनीले भदौ ३ गतेदेखी र समाज लघुवित्तले भदौ ४ गतेदेखि सेयर सर्वसाधारणको लागी विक्री गरेका थिए । समाज लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कर्मचारीलाई १ हजार र ४ हजार ३ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागी छुट्याइएको थियो ।

समाज लघुवित्तले ८० हजार ७०० कित्ता आइपिओ विक्री गरेको थियो । सो आइपिओमा १४८।५६ गुणा आवेदन परेको थियो । आइपीओमा ५ लाख ६४ हजार १३८ जनाले १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए ।

त्यसैगरी लिवर्टी इनर्जी प्रालिको आइपिओ सोमबार बाँडफाँडको तयारी भएको सेयर निष्काशन तथा विक्री प्रवन्धक एनआएविएल एस क्यापिटलका डेपुटी सिईओ मेखबहादुर थापाले बताए । लिवर्टीले ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर ३ गतेदेखी ८ गतेसम्म सेयर निष्काशन गरेको थियो ।

कम्पनीले जारी पुँजीको २५ प्रतिशतको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वासाधारणलाई आइपिओ निष्कासन गरेको थियो । लिवर्टीले प्रिअलर्तमेन्ट गरिसकेको पनि थापाले बताए । लिवर्टीको सेयरमा आवेदकले नियुनतम ४० कित्ता सेयर पाउने र बाँकी गोलाप्रथाद्वरा हुने कम्पनीले जनाएको छ ।

शुक्रवारनै बाँडफाँटको तयारी गरिएको समाज लघुवित्तको आईपीओ डाटा भेरीफाइ नहुँदा सोमवारका लागि सारिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका सिईओ ध्रुव तिम्सिनाले डाटा भेरिफाई हुन नसक्दा बाँडफाँट हुन नसकेकोले सोमबार ४ वजे गरिन लागिएको बताए ।


प्रतिक्रिया दिनुहोस्