४ अर्बभन्दा १८ करोड बढीको शेयर कारोबार, १५०० अंक माथि उक्लियो « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

४ अर्बभन्दा १८ करोड बढीको शेयर कारोबार, १५०० अंक माथि उक्लियो



कामठाडौं । शेयर बजार बुधवार २५ दशमलव ५८ अंक माथि उक्लिएको छ । बुधबार सेयर बजार १ हजार ५१० दशमलव ५७ विन्दु कायम गरेको छ । बुधबार सेयर कारोबार ४ अर्ब १८ करोड १० लाख ३६ हजार भएको छ । १८६ ओटा कम्पनीको ४५ हजार २७२ पटकको व्यापारमा उक्त रकम बराबरको ९६ लाख ८६ हजार ९ कित्ता शेयर कारोबार भएको हो ।

बुधवार दोहोरो अंकले बढेको बजारमा ४१ कम्पनीको शेयर मूल्य घटेको छ । प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको हो । प्रभु इन्स्योरेन्सको प्रतिकित्ता रू. २७ ले घटेर अन्तिम मूल्य प्रतिकित्ता रू. ५८५ र प्रुुडेन्सिय इन्स्योरेन्सको प्रतिकित्ता रू. २२ ले घटेर प्रतिकित्ता रू. ५२७ कायम भएको हो ।

निर्जीवन बीमा समूहको १ दशमलव ६७ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ९५ प्रतिशत परिसूचक घटेको हो ।बुधवार जलविद्युत् समूहको परिसूचक सर्वाधिक ९ दशमलव ३ प्रतिशत बढेको छ । यस दिन १३७ ओटा कम्पनीको शेयरमूल्य बढेको छ । सूचीकृत ३३ ओटा जलविद्युत कम्पनीहरुकै शेयरमूल्य बढेको छ । ३३ ओटा कम्पनीमध्य बुधवार आठ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्