साताको अन्तिम दिन २ अर्ब ६३ करोडभन्दा बढीको कारोबार, दिनभर उतार चढाव « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

साताको अन्तिम दिन २ अर्ब ६३ करोडभन्दा बढीको कारोबार, दिनभर उतार चढाव



काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार शून्य दशमलव १५ अंक घटेर १ हजार ५१० दशमलव ४२ विन्दु भएको छ ।

१ हजार ५२४ दशमलव १९ विन्दुदेखि खुला भएको बिहीवारको बजार १ हजार ५२६ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने १ हजार ४९७ दशमलव ४७ विन्दुसम्म झरेको थियो । बिहीबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव १४ अंक बढेर ३०४ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज १८६ ओटा कम्पनीको रू. २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको छ ।

बिहीवारको कारोबारमा पनि नेपाल पुनर्बीमा कम्पनीको रू. १ करोड ५७ लाख ७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

बिहीवारको कारोबारमा होटल समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव १ प्रतिशतले बढेको छ । त्यस्तै अन्य समूहको १ दशमलव २२ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य एक प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५३ प्रतिशत परिसूचक बढेको छ ।


प्रतिक्रिया दिनुहोस्