नेप्सेको सिस्टममा बेथितिनै बेथिति, त्यसैले खोजी सुरु भयो अर्को स्टक एक्चेन्जको « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

नेप्सेको सिस्टममा बेथितिनै बेथिति, त्यसैले खोजी सुरु भयो अर्को स्टक एक्चेन्जको



काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीमा नै धेरै नै बेथिती देखिन थालेको छ । आफ्नो डिम्याट खातामा सेयर आएको २ दिनसम्म पनि बिक्री गर्न नमिल्ने समस्या त लामो समयदेखि चलिरहेकै छ । जसकारण लगानीकर्ताहरू बजारको उतारचढावबाट पाउने लाभ लिनबाट बन्चित रहेका छन ।

यसबाहेक लगानीकर्ताका लागि रियल टाइम सूचना दिने नेप्सेका ३ वटा वेबसाइटहरूमा फरक–फरक तथांक आउँदा लगानीकर्ता झनै अन्योलमा पर्ने गरेका छन् । गत मंगलबार नेप्सेको साइटमा बजार बन्द भएपछि १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको देखाइएको थियो । तर, रातारात कारोबार रकम बढेर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँ पुगेको छ । रातारात नेप्सेको अन्य सूचक उस्तै भए पनि कम्पनीको सेयर कित्ता र र कारोबार रकममा भने निकै अन्तर देखिएको छ ।

कारोबार रकममा मात्रै नभएर सेयर कारोबार भएको कित्तासमेत फरक देखिएको छ । स्रोतकाअनुसार नेप्सेले पुरानो वेवसाइटलाई बन्द गर्न लागेकोले नयाँलाई मान्यता दिन लागेको छ । त्यसैले पुरानोमा भन्दा पनि नयाँमा देखाएको तथ्याङ्कलाई आधार मान्नुपर्ने जनाएको छ ।

हिजो पुरानो वेबसाइटमा समस्या भएको र नयाँमा त्यो समस्या नभएको नेप्सेको भनाइ । नेप्सेकाअनुसार पुरानो वेवसाइटलाई हटाउन लागेको र नयाँमा भएको सूचनालाई सबैले आधार मान्नुपर्ने बताएको छ । रातारात यसरी कारोबार हुनलाई वित्तीय अपराधको रुपमा लिुनपर्ने लगानीकर्ताको भनाइ रहेको छ । यस विषयमा धितोपत्र बोर्डले नेप्सेलाई रातारात ३१ करोड ८८ लाख रुपैयाँको कारोबार गरेपछि कसरी यो कारोबार भयो भनेर प्रस्टीकरण सोधेको छ ।

गत बुधबार पनि नेप्सेको पुरानो वेवसाइटमा भने समस्या नै देखिएको छ । पुरानो वेवसाइट र नयाँमा सबै तथ्याङ्क गलत रहेको पाइएको छ । नेप्सेले पुरानो र नयाँ दुईवटा वेवसाइट चलाएर लगानीकर्तालाई थप अन्योलता सिर्जना गरेको छ ।

अन्योलमा साफसाफ

नेप्सेको कारोबार प्रणालीमा बारम्बार आइरहेको प्राविधिक समस्याले दिनहुँ अन्योल र अप्ठ्यारो थपिने क्रम जारी छ । नेप्सेमा २५ भदौ बिहिबार भएको सम्पूर्ण सेयर कारोबारको राफसाफ सिडिएस एण्ड क्लियरिङ लिमिटेडले रोक्का गरेको थियो । साथै, आइतबार भदौ २८ को पनि दिउँसो २ बजेसम्म भएको सेयर कारोबारको राफसाफ रोकिएको थियो । बिहीबार र आइतबारको राफसाफ रोकेको सिडिएसले एक सातापछिमात्रै आंशिक राफसाफ गनै सफल भयो ।

बिहिबार र आइतवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली ‘टीएमएस’ (टडे« म्यानेजमेन्ट सिस्टम) मा प्राविधिक समस्या आएपछि केहीबेर चलेर बन्द भएको सिस्टम सवा २ बजेमात्र सुरु बिग्रिने र त्यही समयमा बन्ने सिस्टमको खास समस्या के हो भन्नेसमेत नेप्सेले बताउन सकेको छैन । बिहीबार बिग्रेर बनेको सिस्टम २ दिनको विदा पछि सुरु भएको आइतबारको कारोबार शुरु भएको केही मिनेटमै बिग्रिएको थियो । सो दिन पनि बेलुका सवा ५ बजेसम्म कारोवार भएको थियो ।

सिडिएसले उक्त दुई दिनमध्ये बिहीबारका धेरै कारोबार रद्द गर्नुपर्ने जनाए पनि नेप्सेले २ बजेपछिको कारोवारलाई मात्र मान्यता दिएर राफसाफ गरेको छ । तर, त्यस अगाडिको कारोवारको राफसाफ गर्ने की रद्द गर्ने भन्ने निर्णय अझै गर्न सकेको छैन । एकैपटक ठूलो संख्याका कारोबार रद्द गर्ने सुविधा अहिलेको प्रणालीमा नभएकाले व्यक्तिले नै एक–एक गर्दै सबै कारोबार हेरेर रद्द गर्नुपर्ने अवस्था छ । यसका लागि धेरै दिन लाग्ने नेप्सेले जनाएको छ । तर, एक साता नाघिसक्दा समेत यसबारे कुनै निर्णय गर्न नसकेकाले नेप्सेको आलोचना भैरहेको छ । यसको समस्यामा ब्रोकरहरू परेका छन् ।

ब्रोकरहरूले कारोवारको विवरण दिएर आफ्ना ग्राहकहरूसँग रकम लिइसकेको अवस्थामा रद्द हुदा रकम फिर्ता गर्नुपर्ने र त्यसपछि बजार बढिसकेको अवस्थामा ग्राहकहरूले पाउने झन्डै ३० प्रतिशत मुनाफासमेत गुमाउने भएका छन् । यसअघि पनि टीएमएसमा समस्या आएपछि सीडीएसले १३ सयवटा कारोबार दुई दिन लगाएर रद्द गरेको थियो । तर यसपटक रद्द गर्नुपर्ने कारोबार संख्या त्योभन्दा पनि धेरै रहेको बताइएको छ । यसकारण ती दुई दिनको कारोबारको राफसाफका लागि लगानीकर्ताले केही दिन कुर्नुपर्ने भएको छ ।

हालसम्म बिहीबारको कारोबारबाटै नेप्सेले करिब तीन हजारवटा कारोबार रद्द गर्न सिडीएसलाई तथ्यांक उपलब्ध गराएको छ । त्यो संख्या थपिँदै गएकाले राफसाफका लागि कति दिन लाग्न भन्ने यकिन नभएको न्यौपानेले बताए । न ेप्सेको कारोबार प्रणालीमा
बारम्बार समस्या आउँदा त्यस्ता कारोबार रद्द गर्नुपर्ने भएपछि सिडीएसलाई समेत राफसाफमा कठिनाई भएको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्