एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । बुधबार एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लाजिम्पाट स्थीत आफै भवनमा आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले आर्थिक बर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पूंजीको २२.२२ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । सभामा सञ्चालक सदस्यहरु दिपक कुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराईको समेत उपस्थिती रहेको थियो ।

त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितीमा सु–सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्