पिपुल्स पावरको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

पिपुल्स पावरको शेयर रजिष्टारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर रजिष्टारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्काशनको लागी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौता मंसिर ११ गते बिहिबार सम्पन्न भयो । संझौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्