बुधबार बाँडफाँड हुने माउन्टेन इनर्जीको आइपीओ « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

बुधबार बाँडफाँड हुने माउन्टेन इनर्जीको आइपीओ



काठमाडौं । माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज प्रि अलटेमन्ट सकिएकोले बुधबार आइपीओ बाँडफाँड गर्ने बताएका छ ।

कम्पनीको आईपीओमा ७.६१ गुणाभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।

१ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ । यो कुल आवेदकको ७२ प्रतिशत हो ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्