बुधबार सेयर बजारमा ७०.६२ अंकले बढेर नयाँ रेकर्ड कायम, ७ अर्व ३७ करोडको कारोवार

काठमाडौं । बुधबार सेयर बजारमा ७०.६२ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको छ । विहान ११ बजे २०००.४ अंकबाट सुरु भएको बजार बढेर ७०.६२ अंकमा पुगेर बन्द भएको छ ।

कारोवार रकम पनि नयाँ रेकर्ड नै कामय हुनेगरी बढेको हो । बुधबार ७ अर्व ३७ करोड ४० लाख १७ हजार ९ सय २९ रुपैयाँको कारोवार भएको छ । उत्पादन समुहबाहेक सबै कम्पनीको सेयरमा हरियाली छाएको छ । कारोवार सुरु भएको १ घण्टासम्म नेगेटिभ रहेको बैंकिङ समुह १२ बजेपछि बढ्न थालेको थियो ।
बुधबार बैंकिङ समुहको ६.३८ अंकले बढ्यो भने लाईफ इन्स्योरेन्स समुहमा ६०८.७३ अंकले बढेको थियो । आज १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर कारोवार भएको छ ।
बजार खुलेको १ घण्टामै २ अर्व २३ करोड रुपैयाको कारोवार भएको बजार बढेपछि रकम पनि बढेको हो । मंगलबार २०००।४० अंकमा पुगेर बजार बन्द भएको थियो । मंगलबार बजारमा धेरै उदार चढाव आएपनि बुधबार भने एकनासले बढिरहेको थियो ।