साताको पहिलो दिन नेप्से २०१० विन्दुमा पुग्यो, आइतबार ४६.४३ अंकले बढ्यो

काठमाडौं । गतसाता निरास बनेका सेयर लगानीकर्ताहरु यो साताभने राहातको महसुस गरेका छन । गत साता बिहीबार सेयर बजार करेक्सन १९६४.०२ अंकमा पुगेको नेप्से आइतबार भने २०१०.४५ अंकमा पुगेर बजार बन्द भयो ।
आइतबार सेयर बजारमा केही हरियाली छाएको छ । बिहीबारको तुलनामा नेप्से ४६.४३ अंकले बढेको हो । आइतबार २ सय ३ कम्पनीको ४ अर्व ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोवार भएको छ ।

आज ९० लाख ५० हजार १६ कित्ता सेयर कारोवार भएको छ । दिउसो १ बजेसम्म घटबढ भैरहेको सेयर बजार १ बजेपछि भने निरन्तर उकालो लाग्न थालेको थियो । आइतबार होटल, ट्रेडिङ र हाइड्रोपावर बाहेक सबै कम्पनीमा हरियाली छाएको छ । आज बैंकिङ समुहमा ४५ अंकले बढ्यो भने लाइफ इन्स्योरेन्स ५२८ अंकले बढ्यो ।