पुँजी बजारमा अर्थमन्त्रीको एक्सन, ब्रोकर कमिसन घटाउन दिए निर्देशन « Arthapath.com
३ पुष २०७७, शुक्रबार

पुँजी बजारमा अर्थमन्त्रीको एक्सन, ब्रोकर कमिसन घटाउन दिए निर्देशन



काठमाडौं । पुँजी बजारमा अर्थमन्त्री विष्णु पौडेलले एक्सन लिएका छन । अर्थतन्त्रको मुख्य खम्बा रहेको पुँजी बजारको विकास र सुधारको लागी अर्थमन्त्री पौडेलले चासो राखेका हुन । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन । सेयर बजारमा दैनिक अर्बौको कारोवार हुन थालेपछि ब्रोकरले लिँदै आएको कमिसन घटाउने तयारी भएको हो । अहिले ब्रोकरहरुले ०.४२ देखी ०.०६ प्रतिसतसम्म कमिसन लिँदै आएका छन । सो कमिसन ब्रोकरमात्र नभई टिडिएस, धितोपत्र बोर्ड र नेप्सेलाई दिनेसम्मको हो ।

अर्थमन्त्री पौडेलले सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सह–सचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतलाई संगै राखेर ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन ।

अर्थमन्त्रीले धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए ।

उता ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटले ब्रोकरको इनकम बढाउने अन्य क्षेत्रबारे अध्यायन हुनुपर्ने बताए । समय सापेक्ष बनाउने कुरामा हाम्रो सहमती छ तर कार्यक्षेत्र विस्तारबारे छलफल हुनुपर्ने उनको धारणा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्