हिमालयन डिष्टिलरीको नाफा ५६.५४ प्रतिसतले बढ्यो, ६ महिनामा कमायो ३९ करोड ७६ लाख « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

हिमालयन डिष्टिलरीको नाफा ५६.५४ प्रतिसतले बढ्यो, ६ महिनामा कमायो ३९ करोड ७६ लाख



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आवको ६ महिनामा ३९ हरोड ७६ लाख नाफा कमाएको छ । कम्पनीले आइतबार वित्तिय विवरण प्रकाशित गरेको हो । विवरण अनुसार कम्पनीले चालु अवको ६ महिनामा मुनाफा ५६.५४ प्रतिसत बढाउन सफल भएको छ ।

कम्पनीले पछिल्लो ६ महिनामा ३९ करोड ७६ लाख ४८ हजार खुद नाफा गरेको छ । गत आवको तुलनामा १४ करोड ३६ लाख २८ हजार रुपैयाँ नाफा बढाएको हो । गत अवको सोही अवधीमा हिमालयन डिष्टीलरीले २५ करोड ४० लाख खुद नाफा कमाएको थियो ।

हिमालय डिष्टीलरीलरीले कुल सेल्स आम्दानी पनि बढाएको छ । गत आवमा १ अर्ब ८ करोड १० कमाएको कम्पनीले यस वर्ष भने बढाएर १ अर्ब ४४ करोड ७७ लाख पुर्याउन सफल भएको छ ।

कम्पनीको प्रतिसेयर आन्दानीमा सुधार भएको छ । प्रति सेयर आन्दानी ९१ रुपैयाँ ६६ पैसा पुगेको छ । कम्पनीको चुक्तापुँजी ८६ करोड ७७ लाख रहेको छ । कम्पनीको जगेडा कोषमा ४९ करोड ३१ लाख रुपैयाँ सञ्चित राख्न सफल भएहो छ ।


प्रतिक्रिया दिनुहोस्