राष्ट्रिय सहकारी बैंकले ९५ प्रतिसत सहकारीलाई समेट्न सकेन, त्यसैले नयाँ संस्था जन्मिनुपर्छ : अध्यक्ष भण्डारी « Arthapath.com
२५ माघ २०७७, आईतवार

राष्ट्रिय सहकारी बैंकले ९५ प्रतिसत सहकारीलाई समेट्न सकेन, त्यसैले नयाँ संस्था जन्मिनुपर्छ : अध्यक्ष भण्डारी



काठमाडौं । नेपालमा अहिलेसम्म एउटा मात्रै सहकारीहरुको बैंकको रुपमा राष्ट्रिय सहकारी बैंक रहेको छ । यसले देशमा भएका ५ प्रतिसत सहकारीलाई पनि समेट्न नसकेको भन्दै नयाँ सहकारी बैंक दर्ता भएको छ ।

सहकारीकर्मी शुरेन्द्र भण्डारीको अध्यक्षतामा नेपाल सहकारी बैंक सहकारी विभागमा दर्ता भएको छ । प्रश्तावित अध्यक्ष भण्डारीले मुलुकमा रहेका १ हजार सहकारीलाई समेटेर नयाँ नयाँ संस्था दर्ता भएको हो । अहिले भएको सहकारी बैंकले ५ प्रतिसत सहकारीलाई पनि समेट्न सकेन त्यसैले अझै सहकारी बैंकको खाँचो रहेको अध्यक्ष भण्डारीले बताए ।

अहिले सहकारीहरुसंग ८ खर्वभन्दा बढीको कारोवार रहेको छ । त्यसमध्ये अहिले राष्ट्रिय सहकारी बैंकले ५० अर्वको मात्रै कारोवार गरिरहेको छ त्यसैले बाँकी ९५ प्रतिसतलाई समेट्न नयाँ सहकारी बैंकको खाँचो रहेको अध्यक्ष भण्डारीले बताए ।

अधिकृत पुँजी ५ अर्व पुग्ने नेपाल सहकारीले देशभरका १ हजार सहकारीलाई सदस्य बनाएको छ । जसको संचालक पनि सबै प्रदेशबाट समेटेर २५ सदस्यीय चयन गरेको छ ।

अहिले भएको सहकारी बैंकमा पुर्व एमाले निकटको हावी भएका कारण नयाँ प्रश्तावि सहकारीमा काग्रेंस समर्थक बढी रहेका छन । फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगानाको सहभागिता रहेको थियो ।

यस्तो सहकारी बैंक अव ५ ओटा चाहिन्छ अध्यक्ष भण्डारीले भने । भण्डारी लालिगुराँज बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन ।


प्रतिक्रिया दिनुहोस्