महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो २ वर्षमै १६५करोड बीमा शुल्क, ६० करोडको आईपिओ ल्याउने तयारी « Arthapath.com
२७ माघ २०७७, मंगलवार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो २ वर्षमै १६५करोड बीमा शुल्क, ६० करोडको आईपिओ ल्याउने तयारी



काठमाडौं । २०७५ माघ २७ गतेबाट कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले २ वर्षमै १६५ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनी संचालनमा आएको आज २ वर्ष पुरा भएको छ । 

नेपालको जीवन बीमा बजारमा सबैभन्दा पछि खुलेको महालक्ष्मी लाइफ उन्नाइसौ  कम्पनीको रूपमा उदाएको हो । बीमा बजारमा देखिएको प्रतिस्प्रर्धाको विचमा पनि स्थापनादेखीनै राम्रो व्यापार गर्न सफल महालक्ष्मी लाइफको यात्रा निरन्तर उकालो लागिरहेको छ । 

देशमा १ वर्षदेखी देखिएको कोभिड–१९को कारण व्यावसाय प्राय ठप्प छ । प्रतिकूल परिस्थितिको बावजुद कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा र अन्य उपशाखा स्थापना गरिसकेको छ । कम्पनीले १६ हजार १९० अभिकर्तालाई तालिम, नौ वटा बजार सुहाउँदो प्रोडक्ट, १६५करोड बीमा शुल्क संकलन र २५६ करोड लगानी गर्न सफल भएको छ ।

कम्पनीले ६० करोडको आईपिओ निस्कासनको तयारी गरेको । नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पु¥याउने लक्ष्य लिएर काम गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्