रिलायवल लाइफले मार्यो छलाङ, नाफा १७ करोड ५४ लाख, खुद बीमा शुल्क १ अर्व ३१ करोड « Arthapath.com
२९ माघ २०७७, बिहीबार

रिलायवल लाइफले मार्यो छलाङ, नाफा १७ करोड ५४ लाख, खुद बीमा शुल्क १ अर्व ३१ करोड



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत चालु आर्थिक वर्षको ६ महिनमा १७ करोड ९८ लाख खुद नाफा कमाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको ।

कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ३१ करोड ९७ लाख रुपैया“ खुद बीमा शुल्क आर्जन गरेको छ । रिलायवलले बीमा शुल्कमा उल्लेख्य प्रगती गरेको छ । बीमा शुल्कमा ५३.२६ प्रतिशत अर्थात ४५ करोड ८६ लाख रुपैया“ले बढाएको छ ।

बजारमा ६० करोडको आइपिओ निस्कासनको तयारीमा रहेको रिलायवल लाइफको वित्तिय विवरणमा छलाङ मारेको छ । कम्पनीले यसै आवको असोजसम्ममा लगानी कर्जा तथा अन्यबाट १७ करोड १६ लाख र बीमालेख धितोमा ३ करोड ५ लाख कर्जा लगानी गरी २ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

रिलायवल हालसम्म २६ लाख ७८ हजार ४ सय ८१ ओटा बीकमा लेख जारी गर्न सफल भएको छ । गत आवको सोही अवधीमा ४ करोड ५४ लाख गरेको थियो । १ अर्ब ३४ करोड ६५ लाख बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले हालसम्म ३ हजार १२९ वटा दाबीको ३१ करोड ४५ लाख भुक्तानी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्