महिला लघुवित्तको आईपीओ शुक्रबारसम्म बाँडफाँट गरिने, साढे ३७ हजार जनाले मात्रै पाउने, १५ लाखको हात खाली « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

महिला लघुवित्तको आईपीओ शुक्रबारसम्म बाँडफाँट गरिने, साढे ३७ हजार जनाले मात्रै पाउने, १५ लाखको हात खाली



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ यसे साता बाँडफाँट गरिने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका अनुसार बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको छ । आवेदन दिएकाहरुको तथ्याङ्क भेरिफाई सकिने बित्तीकै प्रि–अलोटमेण्ट गरिने छ । बिक्री कम्पनीका अनुसार यसै साता बाँडफाँट गरिने छ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । निष्कासन गरेको आईपीओमध्ये ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । सर्वसाधारणको लागि माग गरिएकोभन्दा ६२.४९ गुणा धेरै आवेदन परेको हो । आवेदन मागभन्दा बढि परेकाले गोला प्रथा विधीबाट बाँडफाँट गरिने छ ।

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरूको हात खाली हुनेछ ।


प्रतिक्रिया दिनुहोस्