नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले ८० हजार कित्ता संस्थापक सेयर विक्री गर्न लागेको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक संस्थाहरुलाई बोलकवोलमा शिलवन्दी कठाउनुहुन कम्पनीले अनुरोध गरेको छ । संस्थापक सेयर विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही जेठ १६ गते देखि जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा आइपुग्ने गरी पठाउन कम्पनीले आग्रह गरेको छ ।
प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।