एशियन लाइफको १० करोड बढीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुहोस आवेदन ? « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

एशियन लाइफको १० करोड बढीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुहोस आवेदन ?



काठमाडौं । एशियन लाईफको १० करोड मुल्य भन्दा बढि पर्ने संस्थापक शेयरमा महालक्ष्मी आवेदन दिने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुल्ल गरेको हो ।

वैशाख २६ गते आइतबारदेखि विक्री खुल्ल भएको उक्त संस्थापक शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्ने सक्ने बैंकले जनाएको थियो ।

उकत शेयरमा आवेदन विद्यमान शेयरधनीका वा इच्छुक जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गरेर न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन ।

शेयरको लिलामी बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौ रहेको छ । लगानिकर्ताले आज जेठ ९ गते कार्यलय समय भित्र आवेदन पेश गरिसक्नु पर्र्छ


प्रतिक्रिया दिनुहोस्