लघुवित्तमा राष्ट्र बैंकको कडाईले सेयर लगानीकर्ता निरासा थप्यो, के–के छन् संघको ध्यानाकर्षणमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंककदे सेयर बजार लगातार अश्वभाविक तरिकाले बढेपछि लघुवित्त बाट कडाइ सुरु गर्न थालेको छ । सो कडाइलाई लगानीकर्ता संघले सेयर बजारमा कालो बादल मढारिएको संकेत गरेका छन ।
लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकले लघुवित्तमा बैंकहरुलाई कडाई गरेपछि आक्रोस ब्यक्त गरेका छन् । लघुवित्तमा बैंकको लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघको गम्भिर आपत्ती रहेको नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले बताएकी छिन् ।
बैंकहरुले २०७८ जेठ १० गतेसम्म किनेको लघुवित्तको सेयर २०७८ पुस मसान्तसम्म बिक्री गरिसक्नु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले किनेको लघुवित्तको सेयर २०८० साल असार मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अविलम्ब जारी गरिनुपर्छ भन्ने संघको धारणा रहेको उनी बताउँछिन् ।
संघको ध्यानाकर्षण
१) लघुबित्तमा बैंकहरुलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा हाम्रो संघको गम्भिर आपत्ती रहेको छ ।
२) बैंकहरुले २०७८/०२/१० गते सम्म किनेको लघुबित्तको सेयर २०७८/ पौष मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन आपत्ति जनक छ ।
३) निर्देशन पुर्नमुल्याङकन गरी बैंक तथा बित्तिय संस्थाले किनेको लघुबित्तको सेयर २०८० साल असार मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अभिलम्ब जारी गरिनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ ।
४) अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा हाम्रो संघ घोर आपत्ति रहेको छ ।
५) पछिल्लो समयमा मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने हाम्रो संघको धारणा रहेको छ ।
६) अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा बित्तिय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखि नैप्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो संघको धारणा रहदै आएको छ ।
७) राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र बिबेक पूर्ण ढंगले आफ्नो कारोबार गर्न संघले अपिल गर्दछ ।