नेप्सेमा भारी गिरावट ५२.४१ अंकले घट्यो, १५ अर्बको कारोबार

काठमाडौं । आज बुधबार नेप्से भारी अंकले घटेको छ । हिजो धितोपत्र बोर्डले ५१ कम्पनिको शेयर चलखेल गरेर बढाएको भन्दै एक विज्ञप्ति जारी गरेर जानकारी गराएसंगै आज नेप्सेमा भारी गिरावट आएको छ । आज शेयर बजारसंगै कारोबार रकम पनि घटेको हो ।
आज नेप्से ५२।४१ अंकले घटेर २९ सय ६९.६९ अंकमा पुगेर बन्द भएको छ । आज २१९ कम्पनिको २ करोड ८२ लाख ८९ हजार कित्ता शेयर १ लाख ६७ हजार पटक किनबेच हुदा १५ अर्ब ४ करोड ४४ लाख ७९ हजार रुपैँयाको कारोबार भएको छ ।
आज माईक्रोफाइन्स बाहेक सबै समुह राताम्मे भएर घटेको छ । आज माईक्रोफाइनान्स १ सय ३९.७४ अंकले बढेको छ भने सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स ४ सय ५.८३ अंकले घटेको छ ।

