लक्ष्मी लघुवित्तले शेयर धनीलाई २७ प्रतिशत लाभांश दिने « Arthapath.com
१७ आश्विन २०७८, आईतवार

लक्ष्मी लघुवित्तले शेयर धनीलाई २७ प्रतिशत लाभांश दिने



काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनीलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

लक्ष्मी लघुवित्तको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर समेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको हाल ३२ करोड ४५ हजार चुक्ता पुँजी रहेको छ । सोको २० प्रतिशत बोनस सेयर ६ करोड ४० लाख नौ हजार दिने जनाएको छ । 

त्यसैगरी चुक्ता पुँजीको ७.३६ प्रतिशत २ करोड ३५ लाख ४२ हजार करसमेत नगद लाभांश दिने घोषणा गरेको छ । करसमेत कुल लाभांश २७.३६ प्रतिशत दिन लागेको हो । सो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती प्रश्चात वितरण गर्ने कम्पनीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्