ईङवा हाइड्रोपावले साधारण शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

ईङवा हाइड्रोपावले साधारण शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग



काठमाडौं । ईङवा हाइड्रोपावरले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १९ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १ सय मुल्य अंकित दरको १९ लाख ६० हजार कत्ता साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्