ग्लोबल आइएमई लघुवित्तको साधारणसभा मंसिर २८ गते, के के छन् प्रश्ताव ? « Arthapath.com
५ मंसिर २०७८, आईतवार

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा मंसिर २८ गते, के के छन् प्रश्ताव ?



global ime laghubitta

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिसत बोनस सेयर पारित गर्न मंसिर २८ गतेनै साधारणसभा बोलाएको छ । कम्पनीले यसअघि संचालक समितिले प्रश्ताव गरेको बोनस सेयर पारित गर्न साधारणसभा डाकेको हो ।

लघुवित्तको नऔं साधारणमसभा होटल पोखरा ग्राण्ड बिहान १० बजे हुनेछ । हाल कायम चुक्ता पूँजीको २८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । बोनस प्रश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

अरु यस्ता छन् प्रश्तावहरु
पछिल्लो समय मर्जरमा अग्रसर लघुवित्त संस्थाहरुझै ग्लोवल आइएमई लघुवित्तले पनि मर्जरलाई प्रथामिकता दिएको छ । उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूह अन्तर्गत ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको बारेमा विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको मंसिर १४ गते एक दिन बुकक्लोज र मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु लघुवित्तको साधारणसभामा सहभागिता जनाउन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्