२२ प्रतिशत लाभांश पारीत गर्न नेरुडे लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर ४ गते बसेको संचालक समितिबो बैठकले पुस १० गते आफनो १५ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले लघुवित्तको हाल कायम चुक्ता पुजी ४९ करोड ३८ हजार ७७ हजार ५ सय ७४ रुपैयाँको २१.४९ प्रतिशत बोनश र उक्त बोनशको कर प्रयोजनको लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण गर्नको लागि लघुवित्तले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २३ गते विहिबारसम्म कायम शेयरधनीहरुले लघुवित्तको प्रस्तावित लाभांश पाउने छन् ।
