उतारचडावका विच ३ अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चदै « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

उतारचडावका विच ३ अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चदै



काठमाडौ । साताको अन्तिम दिन आज बिहिबार नेप्से ३ अंकले ओरालो लागेको छ । यस दिन उचारचडावका विच नेप्से ३.२२ अंकले घटेको हो । बुधबार १ अंकले नेप्से आज पनि ३ अंकले ओरालो लागेर शेयर कारोबार मापक नेपसे परिसुचक २७३१.७८ अंकमा पुगेर बजार बन्द भएको छ ।

नेप्सेसंगै कारोबार रकम पनि खुम्चन थालेको छ । हिजो ४ अर्ब ३१ करोडको शेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब ७८ करोडमा सिमित भएको छ । आज दिनभर २ सय ३३ कम्पनिको ७ करोड ४८ लाख ६ हजार ५ सय ७५ कित्ता शेयर ४७ हजार १ सय १३ पटक किनबेच हुदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैकिङ, अन्य, र होटल एण्ड टुरीनजम बाहेक सबै समुह घटेको छ । बैकिङ, अन्य, र होटल एण्ड टुरीनजम समुह क्रमश ९, १९ र २५ अंकले ओरालो लागेको छ । बिहिबार सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । यो समुह १५६ अंकले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्