३ महिनामा धितोपत्र बोर्डमा ३८ उजुरी दर्ता « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

३ महिनामा धितोपत्र बोर्डमा ३८ उजुरी दर्ता



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्तमा परेको दुई महिना भईसकेको छ । तर हालसम्म बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रक्रियामा सरकारले कुनै चासो देखाएको छैन् ।

बोर्डको अध्यक्ष नियुक्त नहुँदा धितोपत्र बोर्डले गर्ने काम कारबाही रोकिएका छन् । अर्बाै रुपैयाँ बराबरका सार्वजनिक निष्काशन प्रक्रिया नै रोकिएका छन् ।

त्यस्तै, बोर्डले अध्यक्ष नपाउँदा विभिन्न उजुरी तथा गुनासाहरुको सुनुवाई हुन सकिरहेको छैन् । ३ महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता भएका छन् ।

बोर्डका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को असोज मसान्तसम्ममा विभिन्न ३८ वटा उजुरी तथा गुनासो दर्ता भएका छन् । जसमध्ये लिखितरुपमा १५ उजुरी गुनासो दर्ता भएका छन् । जसमध्ये १० उजुरी÷गुनासोउपर शाखामार्फत कारबाही सम्पन्न गरिएको, १ निवेदन बोधार्थ, जानकारी तथा सुझावको रुपमा प्राप्त भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ४ वटा उजुरी तथा गुनासो समाधानको प्रक्रियामा रहेका छन् । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारको वेब पोर्टलमार्फत २३ वटा उजुरी÷गुनासो आएकोमा २३ वटै उजुरी÷गुनासो उपर कारबाही सम्पन्न भईसकेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्