२६ प्रतिशत घटाएर जनउत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गर्यो « Arthapath.com
२० मंसिर २०७८, सोमबार

२६ प्रतिशत घटाएर जनउत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गर्यो



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफना शेयरधनीहरुलाई वितरण गर्ने २६.३१५७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ११ करोड ८३ लाख २४ हजार ड सय रुपैयाँको २५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २६ प्रतिशतले लाभांश घटेको छ । गत आर्थिक वर्षमा बैंकले ४९.४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २.६ प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति गरेपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउनेछन ।

बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पुजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्