एकर्ड फर्मास्युटिकल्सले ४.८० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

एकर्ड फर्मास्युटिकल्सले ४.८० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता शेयर आईपीआ निष्कासन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीले अईपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता गरेका छन् । मंसीर २१ गतेका दिन एकर्ड फर्मास्युटिकल्सका अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले अधिकृत पूँजी ६५ करोड रुपैयाँ र जारी पुँजी ४८ करोड रुपैयाँ कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौंको तीनकुने सुविधानगरमा रहेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभूमा औषधी उत्पादन गर्ने कारखाना रहेको छ । नेपालका औषधी तथा औषधीजन्य सामाग्रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित कम्पनी वि.सं.२०७० सालमा प्रा.लि.का रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

ध्ज्इ – अन्ःए को मापदण्ड तथा गाइडलाइन अनुरुप औषधी उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एबम् उत्पादन प्रक्रिया समेत सोही अनुरुप सुनिश्चित गरिएको छ । कूल बिल्ट अप एरिया ६० हजार वर्गफिट रहेको उद्योगको भवनबाट बिशिष्ट र बिभिन्न प्रकारका गुणस्तरीय औषधीहरु बजारमा ल्याइसकेको छ । उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्य सहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ । हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनीको रुपमा रहने निश्चितप्राय छ ।


प्रतिक्रिया दिनुहोस्