नेप्से परिसूचक र कारोबार रकममा भारि गिरावट « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

नेप्से परिसूचक र कारोबार रकममा भारि गिरावट



काठमाडौं । शेयर बजारमा निरन्तर भारि अंकले गिरावट आउन थालेको छ । पछल्लो समयमा बैंकहरुमा तरलता अभाव भएपछि ब्याजदर बढेकाले शेयर बजार घटेको शेयर विज्ञहरुले बताएका छन् । बैंकहरुमा निक्षेप घटेपछि ब्याजदर बढाएका छन् । जसको प्रभाव शेयर बजारमा परेको शेयर बजार विश्लेषक बताउँछन् ।

साताकोपहिलो दिन देखि निरन्तर साताकोपहिलो दिन देखि निरन्तर घट्दै आएको बजार मंसिर २० गते भने बढेको थियो । तर उक्त बढेको बजार स्थिर रहेन । नेपाल धितोपत्र बोड अध्यक्षविहीन भएपछि गिरोह सक्रिय भएर बजारघटाएको आरोप पनि लगानीकर्ताहरुले लगाएका छन् ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३.१० अंकले घटेर २४५५.८० अंकमा बन्द भएको छ । यसअघि हिजो पनि बजार घटेको थियो । बुधरबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । बुधुबार दिनभरिमा २२ट कम्पनीको ४२ हजार कित्ता शेयर ६५ लाख ६० हजार पटक किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपैयाँ बराबरको काराबार भएको छ ।

आज सबै समूहमा राताम्य छाएको छ ।


प्रतिक्रिया दिनुहोस्