रिलायन्स लाइफको ५.२६ प्रतिशत लाभांश आफ्नो बनाउन आजसमम शेयरधनी बन्नुपर्ने

काठमाडौं । रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । भोलि शुक्रबार र पर्सि शनिबार नेप्से बन्द हुने भएकाले आज नै सुरक्षित गर्नुपर्ने छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले चौथौं वार्षिक साधारण सभा पौष ११ गते अनमोल बैंक्वेट, शंखमुलमा अनलाइन माध्यमबाट बिहान ११ बजे बोलाएको छ ।
कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले कम्पनीको नियमावलीमा प्रस्तावमा भए बमोजिम आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
त्यस्तै, कम्पनीले आव २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्नेछ ।
कम्पनीको आव२०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र संचालक समितिमा साधारण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्नेछ ।
