महिला लघुवित्तको चौथो वार्षिक साधारण सभाले गर्यो ५० प्रतिशत लाभांश पारीत « Arthapath.com
२३ मंसिर २०७८, बिहीबार

महिला लघुवित्तको चौथो वार्षिक साधारण सभाले गर्यो ५० प्रतिशत लाभांश पारीत



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभाले ५० प्रतिशत लाभांश पारीत गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न भएको सभाले आव २०७७/७८ को मुनाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २५ प्रतिश.त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ लघुवित्तले जानकारी दिएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/ गाभिने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारीत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्