तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति छ समायोजित मूल्य ? « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति छ समायोजित मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माविभिन कम्पनीको शेयर मूल्य समायाृजन भएको छ । नेप्सेले लक्ष्मी बैंक, समता घरेलु लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

लक्ष्मी बैंक र समता घरेलुले साधारण सभा तथा लाभांश विरतण र नारायणीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । त्यस्तै नेप्सेले समायोजनपश्चात तीनै कम्पनीको शेयर मूल्यपश्चात नयाँ मूल्य तोकेको छ ।

नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात लक्ष्मी बैंकको शेयरमूल्य २७० रुपैयाँ ३७ पैसा, समता घरेलुको १ हजार १२५ रुपैयाँ ८३ पैसा र नारायणीको ४७८ रुपैयाँ तोकिएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन लक्ष्मी बैंकको शेयर प्रतिकित्ता २९२ रुपैयाँ, समता घरेलुको १ हजार ३५१ रुपैयाँ र नारायणीको ८५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आगामी आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्